सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता

प्रचण्ड भन्छन् फैसला सच्याउने विश्वास छ

काठमाडौं,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध पुनरावलोकनमा निवेदन दर्ता गरेका छन्।

मंगलबार बिहान कानुन व्यवसायीसहित सर्वोच्च पुगेका प्रचण्डले निवेदन दर्ता गरेका हुन्।उनले सर्वोच्चले उक्त फैसला सच्याउने पनि विश्वास गरेका व्यक्त गरेका छन् । मुद्धा दर्ता गरेर बाहिरिएका प्रचण्डले पत्रकारसँग कुरा गर्दै भने, ‘सर्वोच्चको फैसला प्राकृतिक छैन । त्यसकारण सर्वोच्चले उक्त फैसला सच्याउने विश्वास गरेको छु। ’

२०७५ जेठ ३ गते भएको तत्कालीन नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र)बीच एकता भई बनेको नेकपालाई गत फागुन २३ गते सर्वोच्चले खारेज गर्दै ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिएको थियो ।

त्यसपछि एमाले र माओवादी केन्द्र व्यूँतिएका छन्।प्रचण्डको साथमा रमण श्रेष्ठ, रामनारायण बिडारी, मुक्ति प्रधान, शम्भु थापालगायत कानुन व्यवसायी सर्वोच्च पुगेका थिए ।