सर्वोच्च अदालत पुगे प्रचण्ड

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम विवाद निरुपणका सन्दर्भमा सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँ सर्वोच्च अदालत पुगेका छन्।

सर्वोच्चले एमाले र माओवादी केन्द्र एक भएर बनेको नेकपा खारेज गरिदिएपछि मंगलबार बिहान प्रचण्ड सर्वोच्च पुगेका हुन्।२०७५ जेठ ३ गते भएको तत्कालीन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच एकता भई बनेको नेकपालाई गत फागुन २३ गते सर्वोच्चले खारेज गर्दै ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिएको थियो।

प्रचण्ड सो फैसलाविरुद्ध मुद्दा बोकेर अदालत पुगेका हुन्।उनको साथमा रमण श्रेष्ठ, रामनारायण बिडारी, मुक्ति प्रधान, शम्भु थापालगायत कानुन व्यवसायी रहेका छन्।