नेकपा खारेजविरूद्ध पुनरावलोकनको माग गर्न प्रचण्ड सर्वोच्च जाँदै

काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुनरावलोकन जाने भएका छन्।

अध्यक्ष प्रचण्ड मंगलबार बिहान ११ बजे पुनरवलोकनको निवेदन दिन सर्वोच्च अदालतमा जान लागेको स्रोतलेजनाएको छ।२०७५ जेठ ३ गते भएको तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई बनेको नेकपालाई गत फागुन २३ गते सर्वोच्चले खारेज गर्दै ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिएको थियो । त्यसपछि एमाले र माओवादी केन्द्र व्यूँतिएका छन्।

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले गरेको सो फैसलाप्रति माओवादी केन्द्र असन्तुष्ट छ। यसअघि बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा कानुन व्यवसायीहरुले सर्वोच्चको फैसलाउपर पुनरावकलोमा जान सुझाव दिएका थिए।