नेपाललाई थ्री नेसन्स कपको उपाधि

काठमाडौँ,नेपालले थ्री नेसन्स कपको उपाधि हात पारेको छ । सोमबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।खेलको १८ औं मिनेटमा सन्जोग राईले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए।४२ औं मिनेटमा विशाल राईले गो गर्दै नेपालको अग्रता दोब्बर बनाए।

त्यसपछि ८३औं मिनेटमा बंगलादेशका सब्सिच्युट महाबुबुर रहमानले गोल गरेपनि नेपाल २-१ले विजयी बन्यो।राउन्ड रोविन लिगमा नेपालले एक गोल पनि नगरी लिगमा दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको थियो।तर,फाइनल खेलमा भने नेपालले २ गोल गर्न सफल भएको हो।नेपालले यो १८ महिनापछि पहिलो पटक गोल गरेको हो।

च्याम्पियन बनेसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ। नेपालले सन् १९८४ पछि घरेलु मैदानमा पहिलो उपाधि जितेको हो । नेपाली सिनियर टिमले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको उपाधि पाँच वर्षपछि जितेको हो।यसअघि नेपालले २०१६ मा बंगलदेशमा भएको बंगलबन्धु कप जितेको थियो।