अनेरास्ववियू(क्रान्तिकारी)कर्णालीको पत्रकार भेटघाट

सुर्खेत,मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियू (क्रान्तिकारी) कर्णाली प्रदेशले विषेश पत्रकार भेटघाट गरेको छ । शुक्रवार वीरेन्द्रनगरमा शिक्षा र स्वास्थ्यलाई पुर्णरुपमा निःशुल्क एवं सर्वसुलभ वनाउन लागिपरेको जानकारी दिन भन्दै पत्रकार भेटघाट गरेको हो ।आफ्नो नेतृत्वको अनेरास्ववियू (क्रान्तिकारी) नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनको वास्तविक उत्तराधिकारी संगठन रहेको जिकिर गरेको छ।

कोरोनाले नेपालको शिक्षा क्षेत्रमा ठुलो प्रभाव पारेको वताउदै शैक्षिक क्षेत्रमा अनलाइन कक्षाको  नाममा सरकारले विद्यार्थीवाट रकम असुल गरेको दावि समेत रहेको छ । पत्रकार भेटघाट कार्यक्रममा वोल्दै अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष हरीकृष्ण गजुरेलले नेपालका शैक्षिक दलाल माफियाविरुद्ध अव आफु नेतृत्वको संगठन तिर्वताको साथ लागिपरेको वताए।

आफ्नो पार्टि र संगठन आगोको फिलिङ्गो भएकोले जतिनै सानो भएपनि खरानी वनाएर छोड्ने वताए। कार्यक्रमलाई संवोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी) कर्णाली प्रदेश इन्चार्ज चक्रपानी शर्माले दुई तिहाईको सरकार लाचारी र गद्धार भएको कारण असफल भएको वताए । शर्माका अनुसार विप्लव नेतृत्वको पार्टिसंग सहकार्य हुनसक्ने संम्भावना रहेको भन्दै यसको लागि आफु निरन्तर छलफलमा रहेको वताए।

वर्तमान सरकार र दलाल पुजिँपती पार्टिलाई ढिलो चाडो घुँडा टेकाएर छोड्ने जिकिर समेत गरे।पत्रकार भेटघाट कार्यक्रममा आफ्नो मतव्य राख्दै नेकपा (क्रान्तिकारी माओवादीका) केन्द्रिय सदस्य एवम् देशभक्त जनगणतान्त्रिक मोर्चा कर्णाली प्रदेशका अध्यक्ष दिपक शाहीले दलाल माफियाको विरुद्ध सवै एकढिक्का भएर वढ्नुपर्ने वताए।प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले जनयुद्धका सपना विर्शेका कारण अहिले यो अवस्था भोगेको दावि गरे।

कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष हरीकृष्ण गजुरेल,नेकपा (क्रान्तिकारी माओवादी)का कर्णाली प्रदेश इन्चार्ज चक्रपानी शर्मा,केन्द्रिय सदस्य दिपक शाही , विद्यार्थी तथा पत्रकारहरुको वाक्लो उपस्थिती रहेको थियो।