थरुहटसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली

काठमाडौं,सरकारले थारू कल्याणकारी सभासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली बनाएको छ।

टोलीमा बादलसहित प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्यका रुपमा रहेका छन्।थारु कल्याणकारी सभा, थरुहटरथारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय संघर्ष समितिले राखेको १९ बुँदे माग सम्बोधन गर्न वार्ता टोली गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले बताए।

थुनामा रहेका निलम्बित सांसद रेशम चौधरीलाई थुनामुक्त गर्ने लगायतका सभाको माग रहेको छ।