सिके राउतलाई अदालतमा हाजिर हुन आदेश

काठमाडौँ,नवलपरासी जिल्ला अदालतले डा सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन आदेश दिएको छ।

सोमबार प्रकाशित सूचनाअनुसार स्वतन्त्र मधेस गठबन्धन छाडेर जनमत पार्टी गठन गरेका डा राउतलाई अदालतले बकाटोको म्‍यादबाहेक ३५ दिनभित्र हाजिर हुन आदेश दिएको हो।

राज्य विरूद्धको संगठित अपराध कसुरमा पक्राउ पूर्जी जारी गरिएको र घरद्वारा पत्ता नलागेकोले रौतहट महादेव गाउँपालिका वडा नम्बर २ घर भई हाल धनुषा जनकपुर उपमहानगर वडा नम्बर ८ डेरा गरी बस्ने राउतलाई बाटाका म्यादबाहेक ३५ दिनभित्र आफ्नो सवुद प्रमाण लिई हाजिर हुन सूचना आग्रह गरेको छ।