नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने अख्तियारको निर्णय

काठमाडौं,सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय झिकाउन आदेश दिएको छ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दर्ता गरेको रिटमाथि सर्वोच्चले सोमबार सुनुवाइ गर्दै अख्तियारको निर्णय झिकाउन आदेश दिएको हो।न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुँयालको इजलासले अग्राधिकारप्राप्त रिटको सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।

वरिष्ठ अधिवक्ता न्यौपानले केही व्यक्तिहरुलाई उन्मुक्ति दिँदै मुद्दा दायर भएकाले संलग्‍न अन्य व्यक्तिलाई पूरक अभियोगपत्र दायर हुनुपर्ने जिकिर गर्दै २०७६ माघ २९ गते रिट दायर गरेका थिए।