प्रधानमन्त्री ओली र सभामुखबीच भेटवार्ता

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ।

आइतबार बिहान प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको थियो।सभामुख सापकोटा बिहान ११ बजे बालुवाटार गएका थिए। केही समय छलफल गरेर सापकोटा बाहिरिसकेको बालुवाटार स्रोतले वताएको छ।

भेटमा संसद् सञ्चालन र समसामायिक राजनितिक घटनाक्रमको विषयमा छलफल भएको बताइएको छ।