प्रदेश १ को प्रदेशसभा बैठक आह्वान

विराटनगर,प्रदेश नम्बर १ को प्रदेशसभा बैठक आह्वान गरिएको छ।

बैठक भोली अर्थात् सोमबार २ बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताएका छन्।गत चैत १ गते स्थगित भएको बैठक सोमबार बस्नेगरि प्रदेशसभा सचिवालयले सूचना जारी गरेर बैठकबारे जानकारी दिएको हो।

मुख्यमन्त्री शेरधर राईविरूद्ध अविश्वास प्रस्ताव पेश भएपछि प्रदेशसभा बैठक पटकपटक स्थगित भैरहेको छ।