ओलीलाई हटाउन कांग्रेसको साथ रहन्छः मीनेन्द्र रिजाल

काठमाडौँ,नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पार्टीले विश्वासको मत नदिने बताएका छन्।

प्रज्ञा प्रतिष्ठान डबलीमा आयोजित नागरिक आन्दोलनमा सहभागी रिजालले कांग्रेसलाई ओलीप्रति सुरुदेखि विश्वास नरहेको बताउँदै विश्वासको मत दिन नसक्ने बताएका हुन्।चरित्र निरंकुश भएका कारण ओली प्रवृतिको बिदाइ गर्न कांग्रेसको साथ रहने उनको भनाई छ।

‘राजनीतिक निर्णय गर्न हामी तयार छौं।’ उनले भने, ‘ओली पदमा पुगेदेखि नै हाम्रो विश्वास छैन, कांग्रेसले विश्वासको मत दिँदैन।’