जोशीको पार्थिव शरीरमा नेताहरूद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौँ,दिवंगत कांग्रेस नेता नवीन्द्रराज जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा राखिएको छ।उनको पार्थिव शरीरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेललगायतका नेताले श्रद्धाञ्जली दिएका छन्।

दिउँसो ३ बजे उनको पार्थिव शरीर पशुपति आर्यघाटमा लगिने र त्यही अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।गत फागुन १४ गते मष्तिष्कघात भई नर्भिकको भेन्टिलेटरमा उपचाररत जोशीको शुक्रबार साँझ ८ः ३० बजे निधन भएको हो। गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो।

विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मिएका नेता जोशी २०७० मा काठमाडौँ क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।