माधव-झलनाथ पक्षको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज बसिरहेको छ।

कलंकीको लामपाटीस्थित मेगा पार्टी प्यालेसमा केहीबेर अघिबाट बैठक जारी रहेको स्रोतले जनाएको छ।माधव-झलनाथ पक्षको केन्द्रीय कमिटी बैठक हिजो पनि बसेको थियो। बैठकमा पछिल्ला गतिविधि र अबको बाटो के हुने भन्नेबारे छलफल जारी रहेको बताइएको छ।

सो पक्ष पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट छ। यसअघि प्रधानमन्त्री ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक र संसदीय दलको बैठक बहिस्कार गर्दै आएको सो पक्ष शुक्रवार बसेको एमाले संसदीय दलको बैठकमा भने सहभागी भएको थिए ।