नेता जोशीको अन्त्येष्टि हुँदै

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौँ,नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक तग गरेको छ।कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नविन्द्रराज जोशीको शुक्रबार राति निधन भएकाले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको हो।

बैठक शनिबार बिहान ११ः३० बजे केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा जोशीको निधनबारे शोक प्रस्ताव गरिने छ।गत फागुन १४ गते मष्तिष्कघात भई नर्भिकको भेन्टिलेटरमा उपचाररत जोशीको शुक्रबार साँझ ८ः ३० बजे निधन भएको हो।अन्तिम श्रद्धाञ्जलीको लागि जोशीको पार्थिव शरीर बिहान १२ बजेदेखि २ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने पार्टी कार्यालयले जनाएको छ।

गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो। विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मिएका नेता जोशी २०७० मा काठमाडौँ क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।