सर्वोच्चले घोक्र्याएर एमालेमा पठायोः माधव नेपाल

काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतले आफूहरुलाई घोक्य्राएर एमालेमा फर्काएको बताएका छन् ।शनिबार आयोजित नागरिक आन्दोलनमा सहभागी नेता नेपालले आफूहरुलाई सर्वोच्चले घोक्र्याएर एमालेमा फर्काइदिए पनि फर्किन असहज महसुश भैरहेको बताएका हुन्।

‘सर्वोच्चले घोक्र्याएर हामीलाई एमालेमा फर्काइदियो।तर, हामी फर्किन पनि सकिरहेका छैनौं।मैले त हिजै संसदीय दलको वैठकमा बालुवाटारमा जान्न भनिसके ।’ उनले भने । आफूलाई अत्यन्त अप्ठेरो महशुस भएको उनको भनाई छ।नेता नेपालले आफूलाई कुनै दिन पार्टीबाट घोक्र्याएर निकाल्ने अवस्था आएपनि नडराउने बताएका छन् । ‘मलाइ घोक्र्याएर प्रतिगमन गरेका केपी ओलीकै पार्टीमा पठाएको छ।

मलाइ कुन दिन घोक्र्याएर पनि निकाल्दिन सक्कलान। तर म डराउँदिन।’ उनले भने।