मध्यपश्चिमाञ्चल विश्वविद्यालयः भर्नाको माग गर्दै विद्यार्थी आन्दोलित

उपकुलपति भन्छन्‘चैत्र २२ मा पुन:परीक्षा हुन्छ’

सुर्खेत,मध्यपश्चिमाञ्चल विश्वविद्यालय ‘स्कुल अफ ल’अन्तर्गत स्नातक तह (बिए एलएलबी) परीक्षामा उतिर्ण विद्याथीहरु तत्काल भर्नाको माग गर्दै आन्दोलित भएका छन्।परीक्षा दिएर पास भएका आफुहरुलाई विश्वविद्यालयले आफ्ना केहि व्यक्तिगत स्वार्थ, राजनीतिक पूर्वाग्रह्र पुरा गर्नको लागि परीक्षा रद्द गरेको बताएका छन्।

बिद्यार्थीहरुले छानविन समितिले तयार पारेको प्रतिवेदन आफुहरुको माझ नदेखाएर किन परीक्षा रद्द गरिएको प्रष्ट पार्न अनुरोध गरेका छन्।छानविन समितीले तयार पारेको प्रतिवेदन लुकाएको उनिहरुकोआरोप समेत रहेको छ।
तीन दिन देखि उपकुलपतिको कार्यलय नजिक धर्नामा बसेका विद्यार्थीहरुले बिनाकारण परीक्षा रद्द गरिएको बताएका छन्।

‘बिना कारण पावर पहुँच, आफ्नो केहि स्वार्थहरु पुरा गर्नको लागि परीक्षा रद्द गरिएको छ,परीक्षामा पास भएका विद्यार्थी बिष्णु विवेक ढुङ्गानाले भने, ‘हामीले के कारणले रद्द गरिएको भनिएको छैन्।’ तत्काल भर्ना पक्रिया अघि नबढाए सम्म निरन्तर आन्दोलनमा होमिने उनीहरुको भनाई रहेको छ।

उपकुलपती भन्छन् चैत्र २२ मा प्रवेश परिक्षा हुन्छ

विश्वविद्यालयले प्रवेश परीक्षा चैत्र २२ गते हुने उपकुलपती नन्द वहादुर सिंहले वताएका छन्। परिक्षाको तयारी गर्न विद्यार्थीलाई आग्रह गर्दै उपकुलपती सिंहले यस्तो जानकारी दिएका हुन्।पत्रकार सम्मेलनमा वाल्दै फागुन १७ गते भएको लिखित परीक्षा विश्वविद्यालयको आधारभूत मुल्य र माध्यता विपरित भएको भन्दै पुन परीक्षा गराउने निर्णय गरेको उनको तर्क रहेको थियो ।  

यस अघि फागुन १७ मा भएको प्रवेश परीक्षा पक्षपात, धाधली पूर्वक भएको भन्दै अनुतिर्ण विद्यार्थीले पुनः परीक्षा गराउन माग गर्दै निवेदन पेश गरेका थिए।जसको आधारमा विश्वविद्यालयले २५ फागुनमा छानबिन समिति गठन गरेको थियो। समितिमा परीक्षा नियन्त्रण कार्यालयका प्रमुख डा. आनन्दप्रसाद सुवेदीको संयोजकत्वमा उपप्राध्यापक नरेन्द्र साउद र अधिवक्ता दुर्गा सापकोटा सदस्य थिए।

समितिले करिव १५ दिन लगाएर निकालेको प्रतिवेदनको आधारमा पुनः परीक्षा गराउने निर्णय गरिएको हो।छानविन समितिको प्रतिवेदन हेर्दा परीक्षा विश्वविद्यालयको मुल्य मान्यता अनुसार नभएकाले रद्द गरिएको विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्दबहादुर सिंहले जानकारी दिए।

प्रवेश परीक्षा सञ्चालन सम्बन्धी कार्यविधि–२०७६ ले बीए.एल.एल.बी को लागि सबै विषयका लागि खुला गरीएकोमा ९६ प्रतिशत ६६ प्रतिशत कानुन बिषयसंग सम्बन्धीत प्रश्नपत्र तयार गरिएको, सोहिएका प्रश्न मध्ये १५ प्रतिशत चुहावट गरएको, बीए.एल.एल.बी मा कार्यरत शिक्षकहरु कक्षा ११ र १२ मा पनि कानुन बिषय पढाउने, त्यहाँका विद्यार्थी उर्तिण हुने गरी प्रश्नपत्र तयार गरिएको उपकुलपति सिंहको भनाई छ।परीक्षाको लिखित अङ्कभार ९५ प्रतिशत र मौखिक अङ्कभार ५ प्रतिशत कायम गर्ने भनि निर्णय भएकोमा निर्णय विपरित गरिएको भन्दै परीक्षा रद्द गरिएको विश्वविद्यालयले जानकारी दिएको छ।