ओलीले डाकेको संसदीय दलको बैठकअघि नेपाल–खनाल पक्षका सांसदको भेला

काठमाडौं, प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकअघि वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आफू निकट सांसदको भेला गर्ने भएको छ ।

अध्यक्ष ओलीको आह्वानमा भने आज दिउँसो ३ बजे बालुवाटारमा संसदीय दलको बैठक बस्दै छ । त्यसअघि बिहान ११ बजे केन्द्रीय कमिटी बैठक राख्ने नेपाल पक्षले लगत्तै दिउँसो १ बजे आफू निकट सांसदसँग छलफल गर्ने भएको हो ।

अध्यक्ष ओलीले आज राख्ने संसदीय दलको बैठकमा जाने कि नजाने, निर्णय गर्न सांसदको बैठक राख्न लागिएको नेपाल समूहका एक सांसदले जानकारी दिएका छन् । एमालेमा स्पष्टीकरणको पत्रले विवादलाई थप चर्काएको छ ।अध्यक्ष ओलीले नेपालसहित उनी पक्षका चार नेतालाई स्पष्टीकरण सोधेका छन् । यस्तै वरिष्ठ नेता नेपालले प्रतिप्रश्नसहितको स्पष्टीकरण ओलीलाई दिएका छन् ।