रेशम चौधरीले भने पार्टीको निर्णयमा बाधक बन्दिनँ

काठमाडौं,निलम्बित सांसद रेशमलाल चौधरीले पार्टीको निर्णयमा बाधक नबन्ने जनाएका छन्।

जनता समाजवादी पार्टी जसपा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारमा जाने नजाने विवादमा आफ्नो नाम मुछिएपछि चौधरीले विज्ञप्ति जारी गर्दै यस्तो जनाएका हुन्।जसपा सरकार जाने नजाने अलमलमा परिरहेको बेला बुधबार वरिष्ठ नेता राजेन्द्र महतो चौधरीलाई भेट्न कारागार पुगेका थिए।त्यसपछि उनले सरकारमा जान नहुने भनेको केही सञ्चारमाध्यमले जनाएका थिए।

बिहिबार विज्ञप्ती जाारी गर्दै चौधरीले गलत प्रचार भएको बताएका छन्। सरकारमा सहभागि हुने नहुने निर्णय मेरो एकल प्रयासले सम्भव हुने कुरा पनि होइन, त्यो पार्टीको निर्णय होला।पार्टीले गर्ने निर्णयमा म बाधक बन्ने कल्पना गर्न सक्दिनँ ।विज्ञप्तीमा उल्लेख गरिएको छ।