खनाल-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक वस्दै

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक वस्ने भएको छ।शुक्रबार बिहान ११ बजे बैठक बस्ने तय भएको छ।अबको बाटो के हुने भन्नेबारे छलफल गर्नका लागि बैठक बस्ने तयारी भएको स्रोतले बताएको छ।

गत फागुन २८ गते पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि खनाल नेपाल पक्ष रुष्ट बनेको छ। सो पक्षले समानान्तर कमिटी गठन गरेर ललितपुरमा २ दिने राष्ट्रिय कार्यकर्ता भेला पनि गरिसकेको छ।

हाल ओली समूहको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई पार्टीको हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको भन्दै स्पष्टीकरण सोधेको छ।