सुर्खेतमा प्रथम चुलीकप भलिवल प्रतियोगिता सुरु

उद्घाटन खेलमा उत्तर पश्चिम पृतना विजयी

सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रथम चुली कप भलिवल प्रतियोगिता २०७७ सुरु भएको छ। खेल खेलाडीका लागि,खेलाडी राष्ट्रका लागि भन्ने मुल नाराका साथ चुलि युवा क्लव सुर्खेतद्धारा आयोजित भलिवल प्रतियोगिता एक औपचारिक कार्यक्रमकाविच सुरु भएको हो।

प्रदेश स्तरिय खुल्ला पुरुष भलिवल प्रतियोगिताको उद्घान गर्न आईपुगेका मुख्यमंन्त्री महेन्द्र वहादुर शाहीले पानसमा वति वालेर खेलको उद्घाटन गरेका थिए।उद्घाटन कार्यक्रममा वोल्दै मुख्यमंन्त्री शाहीले यो प्रतियोगिता उत्साहपुर्वक सम्पन्न हुने अपेक्षा तथा सफलताको सुभकामना व्यक्त गरेका थिए।

कर्णालीमा खेल क्षेत्रवाट विकास गर्ने कुरा छलफलमा रहेको भन्दै यसको लागि आवश्यक पर्ने ऐन,कानुनहरु निर्मान गरेको जानकारी दिए।खेलाडि उत्पादन तथा पुराना खेलाडिको संरक्षण गर्नको लागि खेल परिषद्को गठन समेत भईसकेको जानकारी गराए।अव कर्णालीको खेल क्षेत्रलाई व्यवसायिक ढंगले अघि वढाउने जिकिर गरे। सुर्खेतमा रहेको रंगशालाको स्तोन्नती चाडै गरिने दावि गरेका छन्।चुली कप २०७७ को उद्घाटन खेलमा वनगाढ कुपिन्डे युवा क्लव सल्यानलाई ३-१ को सोझो सेटमा हराउदै उत्तर पश्चिम पृतना सुर्खेत विजयी भएको छ।

उक्त भलिवल प्रतियोगितामा प्रथम हुने टिमले २ लाख,द्धितिय हुने टिमले १ लाख ५० हजार,तृतिय हुने टिमले १ लाख र सान्तोना स्थान हासिल गर्ने टिमले ५० हजार पुरुस्कार पाउने वताईएको छ। चैत्र ११ गते देखि १४ गतेसम्म संन्चालन हुने खुल्ला पुरुष भलिवल प्रतियोगिताका आगामी खेलहरु निरन्तर रुपमा संन्चालन हुने आयोजक चुली युवा क्लवका अध्यक्ष महेश जि सीले जानकारी दिएका छन्।