नेपालगन्जमा जनप्रतिनिधिबाटै घरेलु हिंसा

 वडाध्यक्ष कार्कीले दिए कान्छी श्रीमतीलाई यातना

बाँके,नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कृष्ण कार्कीले आफ्नी कान्छी श्रीमतीलाई शारीरिक तथा मानसिक यातना दिँदै आएको खुलेको छ।कार्कीले आफ्नी कान्छी श्रीमती दिलमाया पुनलाई यातना दिएका हुन्।आफु वर्षौदेखि घरेलु हिंसाको शिकारमा रहेको श्रीमती पुनले बताएकी छन्।पीडित दिलमाया पुनले रुदै भनिन्, ‘सुरुमा हामी दुबै जना एनजिओमा काम गर्ने क्रममा भेट भएको थियो।२०६० सालमा उहाँले मलाई झुक्याएर बिवाह गर्नुभयो।

म कान्छी श्रीमती रहेको थाहा पाएपछि उहाँसँग छुट्टिन खोज्दा अनेक डर त्रास देखाएर मलाई चुप लगाउनुभयो। त्यसपछि दिनहुँ म हिंसाको शिकारमा पर्दै गए। अहिले दुईवटा जुम्ल्याहा छोरी छन् समेत रहेको वताईन्।’पीडित पुनले प्रश्न गर्दै भनिन्, ‘के एक वडाध्यक्षले गर्ने व्यवहार र कार्य यहि हो रु आफ्नो पावरको त्रास देखाउने, पदको दुरुपयोग गर्ने रु’ पुनले आफुले शारीरिक रुपमा पीडा भोग्दै आएको बताएकी छन्।उनले भनिन्, ‘श्रीमानले दिनहुँ मसँग झगडा गर्ने, शारीरिक पीडा दिने, लछापछार गरेर लुगा च्यातिदिने र कुटपिट गर्नुहन्छ।’

पीडित पुनका अनुसार वडाध्यक्षसमेत रहेका श्रीमान् कार्कीले आफूलाई विभिन्न प्रकारका धम्की दिने, नराम्रो फोटो टाँस्दिने, हेप्ने, गाली–गलौज गर्ने, भेदभाव गर्ने, भावनात्मक चोट पुर्याउने, बेइज्जती लगायतका मानसिक तनाव दिँदै आएका छन्। कान्छी श्रीमती पुनलाई आर्थिक स्रोत र साधनबाट वञ्चितसमेत राख्दै आएको श्रीमती पुनले बताइन्।पुनले भनिन्, ‘श्रीमानले म र दुई वटा छोरीहरुको लागि डुडुवा गाउँपालिका–५ मा कुखुराको खोरजस्तो घर बनाइदिनु भयो । माइतीमा कोहि हुनुहुन्न । छोरीहरुको भविष्यका लागि मात्र मैले यस्तो घरमा गुजारा गर्न बाध्य भएकी छु। खुला आकाशमा नुहाउनुपरेको छ । श्रीमान् मार्बल र टायल लगाएको आलिसान महलमा बस्नुहुन्छ।’

कार्कीले कहिलेकाँही मात्रै छाप्रोजस्तो घरमा आउने, एक बोरा चामल र केही खानेकुरा किनिदिने गरेको पुनले बताइन्। कार्कीले आफ्नो विभिन्न राजनितीक पावर र पदको बलमा श्रीमतीलाई पिडा दिने त्रास देखाउने, कुटपिट गर्ने गरेका छन्। वडाध्यक्षको पावर देखाउँदै कार्कीले श्रीमती पुनलाई असहयोग गर्दै आएका छन्।हिंसा सहन नसकेर प्रहरीको महिला तथा बालबालिका इकाईमा पुगेकी उनले मिडियामार्फत आफ्नो दुःख पोख्दै आफू अन्यायमा परेकाले न्यायको माग गरेकी छन्।