ओलीले जनतालाई भ्रममा पारेः माधव नेपाल

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु नै आधिकारिक एमाले भएको जनाएका छन्। मंगलबार अनेरास्ववियुले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले जबजको हकदार आफ्नो पक्ष नै भएको बताए।पार्टी अध्यक्ष केपी शर्मा ओलीले आम कार्यकर्ता र जनतालाई एमाले र जबज आफ्नो भन्दै भ्रममा पारेको समेत बताए। 

९ औंं महाधिवेशनमा विचार हाम्रो पास भएको थियो,’ नेपालले भने, ‘नेता बन्न पुगे ओली।उनले आज पार्टीलाई विघटनको दिशामा लाँदैछन्।छिन्नभिन्न बनाएका छन्।ओलीको भ्रमबाट धेरैलाई मुक्त गर्नुपर्छ। कार्यकर्ता र जनतालाई मुक्त गर्नुपर्छ। एमाले हामी हौं ।ओलीले प्रचार गरे पनि।जबजको हकदार हामी हौं।ओलीले प्रचार गरे पनि।

जबज र ओलीको कहिले भेट भएको थियो । जबजको मान्यतामा अघि बढेका छन् ? उनले ओलीको दासत्व नस्वीकार्ने समेत बताए।‘हामी कसैको दास बन्न तयार छैनौँ। हामीले यति राम्रो काम गरेका छौँ।ओलीबाट पीडित भएका मानिसहरूलाई आशा जगाएका छौँ।नेपालले भने।