यौन दुर्व्यवहार अभियोगमा एकजना पक्राउ

तेह्रथुम,बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा धनकुटा महालक्ष्मी नगरपालिका १ बस्ने ३२ वर्षीय श्याम गुरुङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।

गुरुङले आइतबार साँझ यौन दुर्व्यवहार गरेको पीडितको भनाई रहेको छ । ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।