ओलीसँग वार्ता गर्न जसपाका नेताहरु बालुवाटारमा

काठमाडौँ,जनता समाजवादी पार्टी जसपाका नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।सत्ता समिकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न जसपाका नेताहरु मंगलबार बालुवाटार पुगेका हुन्।

उनीहरुबिच अहिले वार्ता भैरहेको स्रोतले जनाएको छ।अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा जसपाका नेताहरु महन्त ठाकुर, लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला सहभागी भएका छन्।सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र व्यूँताएसँगै ओली नेतृतवको सरकार धरापमा परेको छ।नयाँ सरकारको गठबन्धनका लागि हाल जसपा निर्णयक बनेको छ । सत्ता सहकार्यका लागि जसपाले प्रमुख तीन दलसँग छलफल जारी राखेको छ।

एमाले, काग्रेस र माओवादी केन्द्रसँग छलफल गर्दै आइरहेको जसपा कुन गठबन्धनमा सहभागी हुने भन्नेमा भने अनिर्णित छ। जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह ओलीलाई समर्थन गरेर ओली सरकारमै सहभागी हुनुपर्ने पक्षमा छन्। तर, संघीय परिषद्का अध्यक्ष भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूह ओली इतरको सरकारमा सहभागी हुनुपर्ने अडानमा छन्।