माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौँ,नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले सिंहदरबारमा बसिरहेको छ।मंगलबार बिहान ८ बजे कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केहीबेर ढिला गरी सुरु भएको थियो।

आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने विषयमा छलफल हुने बताइएको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई खारेज गरिदिएपछि माओवादीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। माओवादीले समर्थन फिर्ता नलिएपछि नयाँ सत्ता समीकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टी ९जसपा०पनि अनिर्णीत बनेको छ।

यस्तै, बैठकले एमालेमा गएका माओवादी केन्द्रका नेताहरूलाई कारबाहीबारे पनि निर्णय गर्ने सम्भावना रहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए। गृहमन्त्री रामबहादुर थापालगायत ७ मन्त्रीसहित २३ नेता एमालेतर्फ लागेका छन्।