चालकले विच सडकमा वस तेर्साए

काठमाडौँ,काठमाडौंको गोंगबुस्थित बसपार्कअगाडि रिङरोडको बीचमा बस तेर्साएर चालकहरुले विरोध जनाएका छन्। विनागल्ती ट्राफिक प्रहरीले जरिवाना लिन खोजेको भन्दै सोमबार बिहान चालकहरुले बीच सडकमा बस तेर्साएका हुन्।

ट्राफिक प्रहरीका अनुसार नियम भन्दा बाहिर गएर सवारी चलाएको पाईएपछि उनीहरुलाई कारवाही गरिएको हो। जरिवाना काटिएका सवारी काठमाडौबाहिर जाने यात्रु बाहक बस रहेका छन्।

चालकहरुले बिच सडकमै बस तेर्साएर विरोध जनाएपछि रिङरोडको सवारी आवागमन केही बेर प्रभावित भएको थियो । तर, हाल प्रहरी परिचालन गरेर अवरोध हटाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।