एमबाप्पे चम्किँदा पीएसजी शिर्ष स्थानमा

काठमाडौँ,साविक विजेता पेरिस सेन्ट जर्मेन ९पीएसजी० फ्रेन्च लिग वान फुटबलको शिर्ष स्थानमा उक्लिएको छ।गएराति भएको खेलमा पीएसजीले लियोनलाई ४-२ले पराजित गरेको थियो।खेलको १५औं मिनेटमा केलियन एमबाप्पेको गोलबाट पीएसजीले अग्रता लिएको थियो। ३२औं मिनेटमा डानिलो पेरेइराले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे।

४७ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दा पीएसजी ३-० ले अघि रह्यो।५२ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई जिततर्फ अघि बढाए।६२ औं मिनेटमा इस्लाम स्लिमानीले गोल गर्दै लियोनलाई खेलमा फर्काउने कोसिस गरे।८१ औं मिनेटमा लियोनका म्याक्स्वेल कोर्नेटले गर्दै लियोनलाई ४-२ को स्थितिमा ल्याए पनि पीएसजी विजयी भयो।

जितसँगै शीर्षस्थानमा उक्लिएको पीएसजीको ३० खेलबाट ६३ अंक छ।दोस्रो स्थानमा रहेको लिलको समान ६३ अंक रहेपनि गोलअन्तरमा पछि छ । पराजित लियोन ६० अंक जोडेर तेस्रो स्थानमा छ।