सदस्यता थप्ने वाईसीएलको निर्णय
प्रकासित मिति : २०७७ चैत्र ८, आइतवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं,नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ् कम्युनिष्ट लिग (वाईसीएल)ले सदस्यता थप गर्ने निर्णय गरेको छ।
चैत ४ र ५ गते काठमाडौंमा बसेको वाईसीएलको केन्द्रिय समितिको बैठकले हरेक निर्वाचन क्षेत्रमा १ हजार जनाको दरले १६५ निर्वाचन क्षेत्रमा १ लाख ६५ हजार सदस्यता चैतभित्र विस्तार गर्ने निर्णय गरेको हो।बैठकले संगठनको विधान संशोधन गर्दै केन्द्रिय समितिको संख्या १६१ सदस्य हुने निर्णय गरेको अध्यक्ष राम प्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए।
तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच सम्पन्न एकता सर्वोच्च अदालतको फैसलाले भंग गरेसँगै वाइसीएल पनि ब्युँतिएको हो।वाइसीएलले संगठनको राष्ट्रिय भेला आउँदो ०७८ साल जेठ २८(३० गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय पनि भएको छ।

