दविएका नेपाली युवाका सपनाहरु

हामी २१औं शताब्दीको लगभग मध्ये भन्दा अघितिर छौं।यस घडीमा हामी सबै युवाहरु आफ्नो बाटो तय गर्न खोज्छौँ । तरपनि किन पछाडि पर्छौं ? हरेक मानिसको आफ्नो व्यक्तिगत जीवन हुन्छ। कसैले सदुपयोग गर्दै आएको छन् भने कसैले दुरपयोग गर्दै आएको छन् मतलव कुनैको जीवन जाँडरक्सी जस्तै धुम्रपान र मद्यपान ,कसैको जीवन तनाव,पिडा,यातना जस्ता विविध पक्षले ग्रस्त हुने गर्दछ। भने कसैको जीवन सांच्चिकै अशान्ति र अन्धकार हुन्छ जसले गर्दा उनीहरु तल नै थचारिएका हुन्छन्।हामी र हाम्रो देश नेपालको आर्थिक अवस्था कमजोर भएको कारण हामी युवा बेरोजगार बस्नु परेको भान हामीले गर्न सक्छौँ।देशको आर्थिक अवस्था कमजोर भएकै कारण गरिखाने वर्गका युवाहरु वैदेशिक रोजगारमा पलायन भएका छन्।आर्थिक अवस्था कमजोर भएकै कारणले ती युवाहरु वैदेशिक रोजगारमा जान परेको छ।आफ्ना हजार सपनाहरु र चाहनालाई परिवारको खुशीले गदागद गाडिरहेको छ तसर्थ ती युवाहरु वैदेशिक रोजगारमा रमाइरहेका छन्।

प्राय जसो आमाको काख रित्तो रित्तो भयो भने कसैको सिउँदो नै रित्तिएको छ वैदेशिक रोजगारमा ज्यान गुमाएका परिवारलाई राहत वितरण प्रभावकारी बनाउन धेरै नै कठीनाई हुन्छ। तर पनि सबै कुरा जानकारी भएर पनि युवाहरु वैदेशिक रोजगारमा जान तयार छन्।लाखौँलाख खर्चिएर पढेको बिषयमा लोकसेवा पास गर्न फेरि पनि महिनाको हजारौ हजार कुनै कोचिङ सेन्टरमा थन्काइ रहेका छन् तर पनि के पास हुन्थिए बर्षौं लाग्दैछ। छोराछोरी ठूलो ‌भएर जागिरे होलान् गरि खालान् भनि खर्चिएका ती लाखौँलाखका बिटाहरु कमाउन ती बुढा बाआमालाई पूरै जीवन खर्चनु पर्यो तर कस्ले बुझ्यो ती बाआमाको पिडा,परिश्रम,धैर्यता र अहं कसैले बुझिदिएनन्।

कोही दिनदिनै बढिरहेको राजनीतिक परिवेशमा उत्रिएका छन्। हाम्रो देश,राजनीति अनि यहाँका मुख्य नेताहरु कहिल्यै नसुध्रिने जो लाटीको गुनिउ जस्तो लाग्छ। युवा बेरोजगार हुनमा नेताको ठूलो हात रहन्छ,आन्दोलनमा सक्रिय हुने अन्य युवाहरु तर जागिर खान सक्रिय उनीहरुको आसेपासे र नातेदार हुन्छन्। हेर्दा एकदम मिलनसार,बुझेका देखिने ती नेता आलु निस्किएर आज युवा बेरोजगार छन् जो कोही गतिहीन छन् भने कोही गतिशील पनि हुन्छन्।बेरोजगार बस्नु कसैलाई रहर हुँदैन।हजारौंका बिटा समातेर बसेको छोरो पनि पैसा कै पछि दौडिरहेका छन्।हजार छोराछोरी लाहुरे हुने सपना बुन्दै खुल्ला चौरमा दौडिरहेका छन्।रहर थिएन तर कसरी मानेर अघि बढ्यो भने पक्कै अगाडि बढ्न सकिन्छ।कसैले खुल्ला आकाशमा चरी सरि उड्न चाहन्छन्।कसैले हिड्न चाहन्छन्। हजार रहर मनमा दबाएर झोक्राएर बसिरहेका युवालाई मेरो निर्दोष नयनले नियाल्छु तर के गर्नु यहाँ सत्ता‌ बिग्छ।

केही गर्न खोजिरहेका युवाहरु मनमा कुण्ठा बोकेर छाक टार्न विभिन्न क्षेत्रमा डुलिरहेका छन्।मजदुरी गर्न पनि केही दक्षता हासिल गर्न पर्छ तर ती हामी जस्ता गरिबका छोराछोरी पछि पर्छन्। सीपमुलक तालिम खुल्छ त्यो ठाउँ पुग्न हिडेर सम्भव छैन सवारी साधन पनि छैन र गाडि चढ्न आय छैन् त्यतिबेला त्यो गरिबको मनमा एक किसिमको चिन्ता पलाउँछ र सोच्ने गर्छ म गरिब भएकै कारण पछि परे।सक्ने गर्न सकिन मनमा अनेक इच्छा हुन्छ तर पनि दबाउँदा दबाउँदा मनमस्तिष्कमा चोट बन्छ।रातिको निद्रा र चैन हराउँदै जान्छ जो डिप्रेसनको सिकार बन्छ।केही गर्न खोज्दा सक्दैन टाउको ठोकाउदै बस्न‌ विवस भई कमजोर मष्तिस्क बोकिन्छ र अगाडि बढ्न गाह्रो पर्छ।

मुहारको हाँसो हराउँदै जान्छ मन खिन्नता हुदै जान्छ र उक्त लक्का जवान भएको तन्नेरी छोराछोरी आत्महत्या समेत गर्न पुग्छन्।मैले देखेको र भोगेको कुरा हजारौ युवाहरु घरपरिवारका सदस्यले साथ नदिँदा दिनहुँ जसो रुने पनि गर्दछन्।उक्त युवालाई परिवारको सदस्यको जिम्मेदारी बहन गर्न पर्दा कति पिडा हुन्छ होला एकातिर घरपरिवार अर्को तिर भविष्य र रहरहरु थन्काएर बस्नु पनि बाध्यतासँग तुलना गरिन्छ।रोजगारमा लम्किरहेको बेला खर्चको अभावमा अड्किएको त्यो घरको झगडा बुढाबुढी लुछालुछ छोराछोरीको चिच्याहट बढिरहेको हुन्छ।

एका तर्फ बिहे गरेर छोराछोरी तिमल्न गाह्रो पर्ने युवाहरु अर्को तिर बुढाबुढी बीचमा शंकाको रेखा उत्पन्न हुन्छ र संगै रहदा लुछालुछ सुरु हुन्छ।म धेरै जसो रंगशालातिर हिड्छु । १६ बर्ष माथिका युवाहरु लाहुरे बन्ने सपना बोकेर सास फुस्किन लाग्दा पनि दौडिरहेका हुन्छन्।लाग्छ सबैको सपना पूरा होस् कोही भौतारिएर हिड्न नपरोस्। म भगवान् हुन्थे भने म नै सबैथोक सबैजनाको जिम्मा लगाउथे। हजारौँ मान्छेहरू जागिरको खोजीमा बाटोमा हिँड्दा हिँड्दै चप्पल चुडिएको हुन्छ कत्तिको त जुत्ता पनि च्यातिएको हुन्छ। कोही खाली हात खाली पेट हुन नपरोस् यहि कुरा व्यक्त गर्दछु।

निष्कर्ष

कुनै युवाहरु बेरोजगार भयो भने उसको जीवन तहसनहस हुन्छ एकातिर घरपरिवार अर्को तिर भविष्य खडा भयो भने कहिल्यै उठ्न नसक्ने गरी थचारिन सक्छन्। उमेर बढ्दै जाँदा बिहे बिहेपछि श्रिमती अनि लालाबाला सम्हाल्न गाह्रो पर्दछ। यस्तै तमाम बिषयहरु शसक्त युवाहरु को अगाडी खडा हुदाँ सकि नसकि सबै दायित्व पूरा गर्नु पर्ने हुन्छ।युवालाई रोजगारको व्यवस्था कुनैपनि स्थानको सरकारले गरिनु पर्छ।युवालाई मध्यनजर गर्दै अगाडि बढ्नु पर्छ।युवालाई शक्तिको रूपमा लिनु पर्दछ।युवाको मानसिकतालाई सब्बैजनाले बुझ्नु पर्दछ।युवा यो देश र राष्ट्रका शक्ति हुन् झुक्नु र रुक्नु हुँदैन सधैँ अगाडि बढ्नु पर्छ र सम्बन्धित निकायले पनि समर्थन र सम्बर्धन गर्नु पर्छ।

उमेरको तुलनामा युवामा अन्य उमेरका मानिसभन्दा फरक जोस जाँगर हुने भएकाले युवालाई नेतृत्व गर्न दिनु पर्छ। युवाले समाजको नेतृत्व गर्यो भने समाजका विकृति र विसंगतिलाई बटुल्दै तिनीहरूलाई हटाउन सकिन्छ। समाजमा रहेका अनेकौं विकृतिलाई हटाउन युवालाई अगाडि लिनु पर्दछ। युवा नै बलको रूपमा समाजमा देखिन्छन्। युवा समाजमा सशक्त र एक्टिभ रहन्छन् र युवाले नयाँ सोचका विकास गर्न सक्छन्। कुनै युवा बेरोजगार भएर बिदेसिनु पर्दा काठको बाकसमा फर्कनु नपरोस्।