नेपाली सेनाको मुख्यालयमा आगलागी

काठमाडौं,नेपाली सेनाको मुख्यालयमा आगलागी भएको छ।

बिहिबार दिउँसो मुख्यालय परिसरभित्र रहेको प्रधान सेनापतिको पूरानो कार्यालयको दोस्रो तलामा आगलागी भएको हो।आगो लागे लगत्तै दमकल र पानी ट्याङ्करको सहायतामा झण्डै डेढ सय जना सेना आगो नियन्त्रण गर्न खटिएका थिए।

अहिले आगो नियन्त्रणमा आइसकेको एक उच्च सैनिक अधिकृतले वताएका छन्।आगलागीको क्षतिबारे विवरण आइसकेको छैन।