सुनको मुल्यमा वृद्धि

काठमाडौँ,नेपाली बजारमा आज सुनको मुल्यमा वृद्धि आएको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा ३ सयले बढेर ८६ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ। तेजावी सुनको मूल्य तोलाको ८६ हजार ४५० रुपैयाँ‍ रहेको छ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार २७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।