विद्यार्थि कुटपिट घटनाप्रति अनेरास्ववियू (क्रान्तिकारी) बाँकेको ध्यानाकर्षण

नेपालगन्ज,नेपालगन्जमा रहेको एक विद्यालयमा विद्यार्थि कुटपिटको घटनाप्रति अनेरास्ववियू(क्रान्तिकारी) बाँकेले गम्भिर ध्यानाकर्षण गराएको छ। एक प्रेश विज्ञप्ति जारी गर्दै नेपालगन्ज उपमहानगरपालिमा रहेको ज्ञानोदय विद्यानिकेतन कलेजमा कक्षा ११ मा अध्यानरत छात्र दिपक केसीमाथि अनुशासन इन्चार्ज दिपक थापाले  कुटपिट गरेको घटनाप्रति अनेरास्ववियू (क्रान्तिकारी) बाँकेले गम्भिर ध्यानाकर्षण गराएको हो।२०७७ चैत्र ३ गते ज्ञानोदय विद्यानिकेतन कलेजमा कक्षा ११ मा अध्यानरत छात्र केसीमाथि अनुशासन इन्चार्ज दिपक थापाले निर्घात कुटपिट गरेको भनि प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ।अनेरास्ववियू (क्रान्तिकारी) बाँकेका अध्यक्ष डिवी शाहीका अनुसार विद्यालय जस्तो शान्तिक्षेत्र भित्र भयरहित बाताबरणमा पढ्न पाउनु विद्यार्थीको अधिकार हो।

विद्यार्थीको कमि कमजोरी भएमा पनि रचनात्मक तरिकाले सुधार गर्न लगाउनु बिद्यालय तथा शिक्षकको अनिवार्य कर्तब्य हो।तर कलेज प्रशासनले नै अनुशासन इन्चार्जको नाममा गुण्डा पाल्ने र बिद्यार्थीमाथि दमन गरेको भन्दै अत्यन्तै खेदजनक घटना भएको वताए। विद्यार्थीलाई मनोबैज्ञानिक त्रास र दबाबमा राख्न मात्रै होइन भौतिक रुपमै आक्रमण गर्न गुण्डाहरुलाई अनुशासन इन्चार्ज बनाएर बिद्यालयको गरिमामाथी नै घात गरिएको कुरा समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

विद्यार्थीलाई बिद्यालयमा मोबाइल लिएको कारण देखाउदै अनुशासन इन्चार्जले निर्घात कुटपिट गरी रक्ताम्य बनाउने कुराले शिक्षा क्षेत्रमा विद्यार्थीहरु माथिको दमनको अवस्थालाई उदाङ्गो पारेको भन्दै अध्यक्ष शाहीले घाइते विद्यार्थीको न्याय र कुटपिट गर्ने दिपक थापालाई कडा कार्बाही सहित बिद्यालयबाट बर्खास्त गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण समेत व्यक्त गरेका छन्।अन्यथा त्यसो नगरिए सङ्गठनको तर्फबाट कार्बाही गरिने चेतावनि समेत दिएका छन्।सम्बन्धित सरोकारवालाको छिट्टो ध्यान जाओस्।