मध्यपश्चिमाञ्चल विश्वविद्यालय कानुन संकाय प्रवेशको विवाद चुलिदै

यस्तो छ गोप्य कुराकानी

सुर्खेत,मध्यपच्शिमाञ्चल विश्वविद्यालय कानुन संकाय प्रवेश परिक्षा नतिजा विवाद थप चुलिदै गएको छ।पिडित विद्यार्थि संघर्ष समितीको आयोजना र रिपोटर्स क्लव सुर्खेतको समन्वयमा पत्रकार सम्मेलन गर्दै उनिहरुले थप प्रमाण पेश गरेका हुन।मध्यपश्चिमाञ्चल विश्वविद्यालय कानुन संकाय प्रवेशको विवाद चुलिदै विश्वविद्यालय कानुन संकायको विए एलएल विको प्रवेश परिक्षा गरिएको र नतिजा प्रकाशन प्रक्रियामा धादली,पक्षपात भएको भन्दै उनिहरु आक्रोशित वनेका हुन्। परिक्षा हुनुपुर्व नै प्रश्नपत्र म्यासेन्जर मार्फत सार्वजनिक भएको प्रमाण सहित उनिहरुले पत्रकार सम्मेलन गरेका थिए।पत्रकार सम्मेलनमा वोल्दै संघर्ष समितीकी सदस्य रश्मी शाही भन्छिन विश्वविद्यालयका उप प्रध्यापकहरुको मिलेमतोमा नतिजा प्रकाशन भएका प्रमाण हरुसहित आफुहरुले अक्तियार दुरुपयोग अनुसंन्धान कार्यालय सुर्खेतमा निवेदन दिएको जानकारी गराइन्।

निजी विद्यालयमा पार्ट टाइम अध्यापन गराउने विश्वविद्यालयका उप-प्रध्यापकहरुले रोस्टरको रुपमा काम गरेको र उनिहरुले पढाउने विद्यालयका २५ जना विद्यार्थिहरुको नाम निकाल्न सफल समेत भएका छन्।परिक्षामा सफल भएका विद्यार्थि र उप-प्रध्यापकहरु विच भएको कुराकानिको प्रमाण समेत भएको वताएकी छन्।शाहीका अनुसार आफुहरुले सो विषयमा प्रमाणहरु भेटाउदा तथा सार्वजनिक गर्न खोज्दा ज्यान मार्ने धम्कि सम्म आएको जानकारी प्रमाण सहित सार्वजनिक गरेकी छन्।उनले भनिन् विश्वविद्यालय छानविन समिती गठन गरेको थियो।

सो समितीमा आफुहरुले प्रमाण पेश गरेको र प्रमाण गोप्य हुनुपर्नेमा गोप्य नभई सोही व्यक्तिसम्म पुर्याएको र उनिहरुवाट धम्की आउन थालेको वताउदै आफुहरुको सुरक्षाको माग समेत गरेकी छन्। मध्यपश्चिमाञ्चल विश्वविद्यालय कानुन संकाय प्रवेशको विवाद चुलिदै विश्वविद्यालय कानुन संकाय प्रवेश परिक्षा २०७७ साल फाल्गुन ११ र १७ गते संन्चालित भएको थियो।सो विषय विवादित वन्दा चारजना उप-प्रध्यापकहरुले राजिनामा समेत दिएका थिए।

यस्तो छ म्यासेन्जर कुराकानी