मेस्सी चम्किँदा बार्सिलोनाको जित

काठमाडौँ,कप्तान लियोनेल मेस्सी चम्किँदा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित हात पारेको छ। गएराति भएको खेलमा बार्सिलोनाले हुयस्कालाई ४१ले पराजित गरेको हो।खेलको १३औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। ३५औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे।

पहिलो हाफको इन्ज्युरी समयमा राफा मिरले पेनाल्टीमार्फत गोल गर्दै हुयस्कालाई खेमा फर्काउन कोसिस गरे।तर, ५३औं मिनेटमा ओस्कार मिनगुइजाको गोलबाट बार्सिलोना ३-१ले अघि बढ्यो। खेलको ९०औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४–१ को शानदार जित दिलाए।

मेस्सीले बार्सिलोनाबाट ७६७ औँ खेलमा सहभागिता जनाएका छन् यससँगै मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने जाभीको कीर्तिमानसँग बराबरी गरेका छन्।जितसँगै दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाले २७ खेलबाट ५९ अंक जोडेको छ । पराजित हुएस्का २० अंक जोडेर पुछारमा छ।