ओलीको चियापान कार्यक्रम हुँदै

माधव-झलनाथ पक्षले बहिस्कार गर्ने

काठमाडौँ,नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज चियापान कार्यक्रम आयोजना गरेका छन्।चियापान कार्यक्रम प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे हुँने भएको छ।कार्यक्रममा सहभागी हुन पार्टीका सबै केन्द्रिय सदस्यहरुलाई सन्देश पठाइएको छ।

सर्वोच्च अदालतले एकिकृत नेकपालाई खारेज गरेर एमाले पार्टी ब्यूँताएपछि पहिलोपटक चियापान कार्यक्रमको आयोजना गरिएको हो।तर, चियापान कार्यक्रमलाई वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले भने बहिस्कार गर्ने बताएको छ।

गत फागुन २८ गते प्रधानमन्त्री ओलीले एकलौटी ढंगले पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि सो पक्ष रुष्ट बनेको छ।सोमबार धुम्बाराहीमा दुवै पक्षबीच करिब २ घण्टा लामो छलफल पनि भएको थियो।तर, प्रधानमन्त्री ओलीले गरेको एकपक्षीय निर्णय खारेज हुनुपर्ने सर्त अघि सारेपछि सहमति जुट्न सकेको थिएन।