२८ गतेको निर्णय फिर्ता हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गतेको निर्णय फिर्ता नहुने वताएका छन्।सोमबार पार्टी कार्यालय धुम्बाराहीमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले फागुन २८ गते गरेको निर्णय विधानविपरित भएको भन्दै फिर्ता लिन भनेको थियो।

त्यसमा ओलीले निर्णय फिर्ता नहुने जवाफ दिएको स्रोतले बताएको छ।फागुन २८ गतेको निर्णय रद्ध गर्नुपर्छ । २८ गतेको भनिएको निर्णय स्थगित भयो भने हामी राष्ट्रिय भेला स्थगित गर्न तयार छौँ भन्ने धारणा राख्यौँ तर उहाँ तयार हुनुभएन।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता भीम रावलले भने।नेपाल पक्षले बैठक विधानअनुसार नभएको भन्दै यसअघि नै अस्विकार गरेको थियो।बैठकमा ओलीले यसअघि नेपाल पक्षले बोलाएको राष्ट्रिय कार्यकर्ता भेला स्थगन गर्न आग्रह गरेका थिए।२८ गते ओलीले बालुवाटारमा आफू पक्षीय केन्द्रिय समितिको बैठकबाट महाधिवेशन घोषणा, माओवादीका नेताहरूलाई एमाले केन्द्रीय कमिटीमा मनोनयन र नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेका थिए।