माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ,नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ।सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्‍न लागेको हो।

बैठकमा एमालेमा लागेका नेताहरूलाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन र पार्टीको आगामी रणनीतिबारे छलफल हुने स्रोतले जानकारी दिएको छ।आइतबार पनि झन्डै ४ घन्टा बसेर बैठक स्थगित भएको थियो।

उक्त बैठकमा विभिन्न प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए। यस्ते, बैठकले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीलाई फिर्ता हुन दिएको निर्देशन र एमालेमा लागेका नेताहरुलाई स्पष्टीकरण माग्ने स्थायी कमिटीको निर्णयलाई पनि सदर गरेको थियो।