विप्लवको वार्ता टोलिका सदस्य चलाउने नेपालगन्जमा

नेपालगन्ज, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता उदय बहादर चलाउने ‘दिपक’ नेपालगन्ज आएका छन् ।

नेता उदय बहादर चलाउने ‘दिपक’ लगायत नेपालगन्जमा

नेकपाका केन्द्रीय सदस्य तथा नेपाल सरकार संग भएकोको नेकपाको तर्फबाट बनेको दुई सदस्य वार्ता टोलीको सदस्य समेत रहेका नेता चलाउने आइतबार नेपालगन्ज आएका हुन् ।

सरकार र नेकपा बिचमा तीन बुदे बार्ता सहमति पश्चात् बाँके कारागारमा रहेका पार्टीका नेता कार्यकर्ताहरु संग भेट गर्नको लागि नेता चलाउने नेपालगन्ज आएको बुझिएको छ ।यसका साथै उनले आइतबार नै बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङ् संग पनि भेट गरेका छन् ।विप्लव नेतृत्वको नेकपा र सरकारबीच फागुन २१ गतेका जन भएको वार्ताले तीन बुँदे सहमति गरेको छ । तीन बुँदे सहमतिको बुँदा नम्बर ३ मा नेकपाका नेतारकार्यकर्ता माथि लागेका सम्पूर्ण मुद्धा फिर्ता लिने, हिरासत तथा जेलमा रहेका नेता तथा कार्यकर्ता रिहा गर्ने सहमति छ ।तर बाँके जिल्ला अदालतले भने सहमति उलंघन गर्दै ४ जना कार्यकर्ता माथि ३ वर्ष १ महिनाको कैद सजाय र १५-१५ लाख बिगो तोकेको छ ।
गयको बुधबार जिल्ला अदालतको ५ नम्बर इजलासले नेकपाका ४ जना कार्यकर्तालाई संगठित अपराधको मुद्धामा ३ वर्ष १ महिनाको कैद सजाय तोेकेको हो ।२०७५ साल बैशाखमा कालिका कन्ट्रकसन र एनसेन टावरमा आगजनी लगायतको आरोपमा विप्लव नेतृत्वको नेकपाका बाँके जिल्ला सदस्य प्रकाश आर्चाय, तिलक गिरी, विर बहादुर बिक र काली बहादुर परियार माथि संगठित अपराधको मुद्धा दर्ता गरिएको थियो ।अदालतको फैसलाले नेकपाका कार्यकर्ताहरु २०७८ असार ८ गते मात्र छुट्ने भएका छन ।उनीहरुलाई २०७५ साल जेठ ८ गते पक्राउ गरेर हिरासतमा राखि विगो सहित संगठित अपराधको मुद्धा दर्ता गरिएको थियो ।