लहान बम विस्फोटः गोइत समूहले लियो घटनाको जिम्मा

काठमाडौं,सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम बिस्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाले लिएको छ।घटनापछि केन्द्रीय अध्यक्ष रहेका गोइतले विज्ञप्ती जारी गर्दै भ्रष्टाचारलाई अपराध र भ्रष्टाचारीलाई अपराधीको सूचीमा राखेको उल्लेख गर्दै मालपोत कार्यालयमा भ्रष्टाचार भइरहेकोले बम विस्फोट गराएको जनाएका छन्।

 

कार्यालयमा भ्रष्टाचार जारी नै रहे यसभन्दा उच्चस्तरको कारबाही गर्ने चेतावनीसमेत उक्त समूहले दिएको छ। त्यसको जिम्मेवारी नेपाल सरकार र प्रदेश सरकार हुने जनाएको छ।कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तल्लामा अचानक अपराह्न १ बजेतिर बम बिस्फोट हुँदा छर्रा लागेर मालपोत कार्यालय लहानमा कार्यरत कर्मचारीसहित आठ जना घाइते भएका छन्।

विस्फोटबाट कार्यालयको एउटा कोठामा आगोसमेत लागेको छ । आगो वारुण यन्त्रले तत्कालै नियन्त्रणमा लिएको थियो । उनका अनुसार घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्तिमोर्चाको पर्चा पम्पलेट फेला परेको थियो।