माओवादी केन्द्रको बैठकः बादलसहितका नेताहरुलाई कारबाही गर्ने तयारी
प्रकासित मिति : २०७७ चैत्र १, आइतवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं,नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा एमालेतर्फ लागेका रामबहादुर थापा बादलसहितका नेताहरुलाई कारबाही गर्ने प्रस्ताव दर्ता भएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नेसम्बन्धी प्रस्ताव दर्ता भएको हो।शनिबार बसेको स्थायी कमिटी बैठकले एमालेतर्फ लागेर मन्त्री भएका गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको थियो।
यस्तै, एमालेतर्फ लागेका २३ नेतालाई पार्टी परित्याग गरेको हो अथवा होइन जानकारीका लागि २४ घण्टे स्पष्टीकरण सोधेको थियो।

