लहान मालपोतमा बम विस्फोट
प्रकासित मिति : २०७७ चैत्र १, आइतवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं,सिरहास्थित लहानको मालपोत कार्यालयमा बम विस्फोट भएको छ।
वम विस्फोट भएको ठाउँमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ।विस्फोट भएको स्थान नजिकै गोइत समूहको पर्चा भेटिएको प्रहरीले जनाएको छ।
यस समूहले लामो समयदेखि मधेसमा हिंसात्मक गतिविधि गर्दै आएका छन्।आइतबार दिउँसो १ बजे मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फोट हुँदा ६ जना घाइते भएका छन्। प्रहरी स्रोतका अनुसार घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ ।

