अखिल क्रान्तिकारीद्धारा संगठन सुदृढ तथा विस्तार अभियान सन्चालन

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)ले संगठन सुदृढ तथा विस्तार अभियानलाई तिव्रता दिएको छ।शुक्रबार मात्रै संगठनले बाँकेको कोहलपुरमा रहेको एभरेस्ट सैनिक माध्यामिक विद्यालयमा रिम बहादुर थापाको नेतृत्वमा २१ सदस्य मुल इकाई कमिटी गठन गरेको हो।त्यसैगरि बाँकेको राप्तिसोनारी गाउँपालिका अन्तर्गतको सरस्वती माध्यामिक बिद्यालयमा अमृता थारुको नेतृत्वमा २० सदस्य इकाई कमिटी गठन गरेको हो।संगठनको भेरी-कार्णाली ब्युरो अन्तर्गत जिल्ला समिती बाँकेले २६औँ बाँके जिल्ला सम्मेलनको तयारी स्वरुप अभियानलाई तिव्रता दिएको अखिल (क्रान्तिकारी) बाँकेका जिल्ला अध्यक्ष डिबि शाहीले जानकारी दिए।उनले दलाल पुजिबादी शिक्षा प्रणालीको अन्त्य गर्दै मान्छेको प्रत्यक्ष जीवन व्यवहार संग जोडने बैज्ञानिक शिक्षा प्रणाली स्थापनाको साथै राष्ट्रघात, जनघातको विरुद्ध संगठित भएर एकजुट हुन सम्पूर्ण क्रान्तिकारी, देशभक्त तथा प्रगतिशील विद्यार्थीहरुलाई आव्हान गरेका छन्।सरकार र विप्लव नेतृत्वको नेकपा बिच फागुन २१ पछी ३ बुदे सहमति पछी नेकपा माथि लगाईएको प्रतिवन्ध फुकुवा भएको हो। त्यस पश्चात् पार्टी र पार्टी संग समन्धित जनबग्रिय संगठनहरुले संगठन सुदृढ तथा विस्तारको अभियानलाई तिब्रता दिएका छन्।