देशमा अनिष्ट हुँदैछः प्रचण्ड

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही शक्तिहरु संघीयता, गणतन्त्र, समावेशीताको व्यवस्था ढाल्न लागेको जनाएका छन्।नेपालभित्रकै केही र विदेशी प्रतिक्रियावादी शक्तिहरु मिलेर यस व्यवस्था ढाल्ने खोजिरहेको उनको भनाई रहेको छ।

शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रचण्डले देशमा अनिष्ट हुनसक्ने खतरा रहेकोसमेत बताए।उनले सर्वोच्च अदालतले सोच्दै नसोचेको फैसला सुनाएको टिप्पणी गरे।‘जन्मिसकेको बच्चालाई फेरि आमाको गर्भमा लगिदिने, हुनै नसक्ने कुरा हुँदैन।देशमा केही अनिष्ट हुँदैछ रु जन्मेको बच्चालाई फेरि भित्र लगिदिने भनेको। हेर्दै जाऊ अझै केही अस्वाभाविक घटना देख्नुपर्ने हो।’

प्रचण्डले भने।फागुन २३ गते सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई दिएर केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज गरिदिएको थियो।अहिले देशमा संविधानलाई रक्षा गर्ने कि हत्या गर्ने भन्ने बहस सुरु भएको प्रचण्डको भनाई छ। दलित, जनजातिका लागि जति अधिकार छ, तिनलाई विकसित गर्दै लैजाने कि अन्त्य गर्ने भन्ने कुरा पनि अहिले मुख्य रुपमा उठ्न थालेको उनले बताए।