कल्पना पौडेल जिज्ञासुको ‘विद्रोहका तरंग’ नामक कृति विमोचन

सुर्खेत,कल्पना पौडेल (जिज्ञासु)को विद्रोहका तरंग नामक कृति विमोचन भएको छ।नेपाल प्रज्ञा प्रतिष्ठान काडमाडौं र भेरी साहित्य समाजको आयोजनामा बिहीबार नेपालगन्जमा राष्ट्रिय वाङ्मय गोष्ठी तथा लुम्बिनी प्रादेशिक सांस्कृति महोत्सवको अवसरमा सो कृति विमोचन भएको हो।लेखक कल्पना पौडेलको २०३४ सालमा माता मनिकर्ण पौडेल र पिता टिकाराम पौडेलको कान्छी सुपुत्रीको रुपमा बाग्लुङ जिल्लाको छिस्तीमा जन्म भएको हो।उनको सो कृतिमा देशको दुखाई र देशप्रतिको माया बोलेको छ।देश चलाउने नेतामाथी भने तिखो प्रहार गरेको छ।उनका यसअघि भावनाका भेलहरु,जुन हराएको रात नामक दुईओटा गजल संग्रह र गितीसंग्रह पोखिएका खुशि वजारमा आईसकेका छन्।

लेखक पौडेल प्रगतिशिल लेखक संघ नेपालको केन्द्रिय परिषद् सदस्य हुन भने गजल श्री पुरस्कारबाट समेत सम्मानित भइसकेकी छन्।हाल उनि कल्पना फाउन्डेसन नामक संस्थाबाट विभिन्न कार्यक्रम संन्चालन गर्दै आइरहेकी छन्।