नेपाल पक्षीय स्थायी कमिटी बैठक जारी

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय स्थायी कमिटीका नेताहरुबीच छलफल जारी रहेको छ।

नयाँ बानेश्वरस्थित एक होटलमा बिहिबार मध्यान्हदेखि छलफल जारी रहेको सहभागि एक नेताले जानकारी दिएका छन्।सर्वोच्च अदालतको फैसलासँगै एमालेमै रहने निर्णय गरेको नेपाल पक्षको केन्द्रीय सदस्यको बैठक बुधबार बसेको थियो।

उक्त बैठकले सरकारमा वामपन्थी गठबन्धन कायम राख्नुपर्ने निष्कर्ष निकालेको थियो।आजको बैठकमा समसामायिक विषयमा छलफल हुने ती नेताले जानकारी दिए।