पारस खड्काद्धारा शतक प्रहार

काठमाडौँ,बागमती प्रदेशका प्रमुख ब्याट्सम्यान पारस खड्काले काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेटमा शतक प्रहार गरेका छन्।

हाल टियु क्रिकेट मैदानमा जारी खेलमा पारसले त्रिभुवन आर्मी क्लबविरुद्ध शतक प्रहार गरेका हुन्। पारसले १ सय २२ बलमा १०० रन पूरा गरे। टस जितेर पहिला ब्याटिङ थालेको बागमतीले पारसको शतकसँगै ४० ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनाएको छ।

बागमती २ अंकसहित चौंथो स्थानमा छ भने आर्मी ३ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ।