वीरेन्द्रनगर नगरपालिका ५ नं वडा कार्यलयको नव निर्मित भवन उद्घाटन

सुर्खेत,वीरेन्द्रनगर नगरपालिका वडा नं ५ को नव निर्मित भवन उद्घाटन् गरिएको छ।विहिवार एक औपचारिक कार्यक्रमका विच वीरेन्द्रनगर नगपालिकाका प्रमुख देव कुमार सुवेदी तथा उपप्रमुख मोहनमाया ढकालले भवनको उद्घाटन गरेका हुन्। जिल्ला समन्वय समितीको कार्यलय तथा वडापालिकाको रु १ करोड ३ लाख कुल लागतमा वडापालिकाको प्रशासकिय भवनको निर्माण भएको वडाध्यक्ष राज वहादुर गुरुङ्गले वताए।उद्घाटन समारोहमा वोल्दै नगर प्रमुख सुवेदीले आजका दिन देखि नगरपालिकाले विकासका काममा थप फट्को मारेको भन्दै नगरपालिका भित्रका २ वटा वडा वाहेक सम्पुर्ण वडाले आफ्नै प्रशासकिय भवनदेखि जनतालाई सेवा दिन थालेको वताए।आफुले नगर प्रमुखको जिम्मेवारी लिनुुपुर्व नगरपालिका भित्र जम्मा ४ वटा मात्र श्वास्थ्य चौकी रहेको र त्यसलाई वढाएर आफुले नगरपालिकाका प्रत्येक वडामा श्वास्थ्य चौकी निर्माण गरेर थप सफलता हात पारेको तथा जनताले अपेक्षा गरे अनुरुप विकास नभएपनि सकारात्मक कामको थालनी गरेको जिकिर गरे।उद्घाटन कार्यक्रमलाई संम्बोधन गर्दै नगर उपप्रमुख ढकालले जनताले घरघरमा सिंहदरवार आएको महशुस विस्तारै गरेको वताइन्। नगरपालिकाको ५ नं वडा पुर्णरुपमा सेवा दिन सक्षम रहेको वताउदै अव वीरेन्द्र नगरको खानेपानि,चक्रपथ निर्माण,विद्युतको समस्यालाई प्रमुख एजेण्डाको रुपमा लिएर काम गरिने समेत दावि गरिन्।५ नं वडापालिकाले कार्यलयकोे भवन संगै श्वास्थ्य भवन र मेलमिलाप केन्दको सभा हलको समेत उद्घाटन एकैसाथ गरेको थियो। जनताका सानातिना झै झगडा हरुको लागि अव वडापालिकाको नव निर्मित सभाहलवाटै समाधान गरिने वडाध्यक्ष गुरुङ्गले जानकारी दिए।

जनताको सबैभन्दा महत्वपुर्ण विषय श्वास्थ्य भएको वताउदै अध्यक्ष गुरुङ्गले नयाँ श्वास्थ्य केन्द्रवाट आजैका दिनदेखि जनतालाई सेवा दिन थालिएको समेत वताए।भवन उद्घाटन कार्यक्रममा नगर प्रमुख,उपप्रमुख विभिन्न वडाका जनप्रतिनिधी,विभिन्न कार्यलयका कर्मचारी तथा स्थानिय वासीहरुको वाक्लो उपस्थिती रहेको थियो।