माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

सरकारलाई दिएको समर्थनमा छलफल हुने

काठमाडौँ,नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ।बैठकमा पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने स्रोतले जनाएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिनेकी नलिने भन्ने विषयमा बैठक केन्द्रित हुने भएको छ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार धरापमा पर्नेछ।सरकार जोगाउन नेपाली कांग्रेस वा जसपाको समर्थन अनिवार्य लिनु पर्ने अवस्था आउनेछ।मंगलबार पनि स्थायी कमिटीको बैठक बसेको थियो।

उक्त बैठकले सरकारसँगै संविधान कार्यान्वयनका सन्दर्भमा कांग्रेस र जनता समाजवादी पार्टीसँग परामर्श गर्ने निर्णय गरेको थियो।त्यसलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईसँग भेटवार्ता समेत गरेका थिए।