सुर्खेतका साहित्यकारद्धारा कर्णाली उत्सव आयोजकलाई ध्यानाकर्षण

साहित्यकारलाई विना पारिश्रामिक रचना वाचन नगर्न आग्रह

सुर्खेत,कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको वुलवुले उधानमा सुरु हुन लागेको कर्णाली उत्सवमा कर्णाली प्रदेश सुर्खेतका साहित्यिक संस्थाहरुले साहित्यकारलाई विना पारिश्रमिक रचना वाचन नगर्न आग्रह गरेका छन्।

बुधवार सुर्खेतमा क्रियासिल सातओटा साहित्यिक संस्थाहरु मध्यपश्चिमाञ्चल गजल मञ्च सुर्खेत,कर्णाली साहित्य समाज सुर्खेत,कर्णाली वाङ्मय प्रतिष्ठान सुर्खेत,म.प. विश्वविद्यालय साहित्य समाज सुर्खेत,गजल रस कार्यक्रम सुर्खेत,खसान साहित्य समाज सुर्खेत र सिम्ताली एकता समाज सुर्खेतले सयुक्त प्रेश विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्।

आजदेखि सुरु हुन गएको कर्णाली उत्सवको दोस्रो संस्करणको सफलताको सुभकामना दिदै साहित्यिक संस्थाहरुले कवि,साहित्य तथा गजलकार देशको अमुल्य सम्पती रहेको भन्दै उनिहरुलाई उपेक्षित गरिनु नहुने,साहित्यकारहरुलाई मनोरन्जनको साधन वनाउनु नहुने,गजलकारहरुको अमुल्य समय वर्वाद पारिनु नहुने विज्ञप्तिमा उल्लेख छ।

कुनैपनी विधामा लेख्ने सर्जकहरुको आफ्नै मुल्य र मान्यता रहेको भन्दै त्यो मुल्य र मान्यतालाई जिवन्त राख्नु साहित्यिक गैरसाहित्यिक संस्था तथा व्यक्तिहरुको कर्तव्य र जिम्मेवारी रहेको समेत वताईएको छ।कर्णाली उत्सवमा स्थानिय कवि तथा गजलकारहरुलाई निःसुल्क गजल वाचन गर्न लगाउने आयोजकको उधेश्यप्रती ध्यानाकर्षण व्यक्त समेत गरेको छ।

साथै आउदा दिनहरुमा कुनैपनि साहित्यकारहरुले निःसुल्क रचना वाचन नगरिदिन समेत अनुरोध गरेका छन्।आजदेखि वुलवुले उद्यानमा कर्णाली उत्सवको दोस्रो संस्करण कुडा कर्णालीका कार्यक्रम सुरु हुदैछ।उक्त कार्यक्रमको दोस्रो दिन साँझ ४ः३० वजे गजल संन्ध्या नामक साहित्यिक कार्यक्रम समेत राखिएको छ।