कर्णाली प्रदेश कार्यालयमा माओवादी केन्द्रले राख्यो पार्टीको बोर्ड

सुर्खेत,नेकपा कर्णाली प्रदेश कार्यालयमा नेकपा माओवादी केन्द्रको बोर्ड र झण्डा राखिएको छ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश कार्यालयको पुरानो बोर्ड निकालेर कार्यकर्ताले नेकपा (माओवादी केन्द्र) सुर्खेत लेखिएको साईन बोर्ड राखेका छन्।

सर्वोच्च अदालतको फैसलाबाट ब्युँतिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जिल्ला कार्यालयहरुमा नेकपाको साइनबोर्ड हटाएर एमाले र माओवादी केन्द्रको बोर्ड राख्न थालिसकेका छन्।तत्कालीन नेकपा माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जीसीले जिल्ला पार्टी कार्यालयमा बोर्ड राखेर सर्वोच्चको फैसला कार्यान्वयन गरिएकाे वताए।

यसैबीच,सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित नेकपा (एमाले) सुर्खेतले पनि मंगलबार नै नेकपाको साइनबोर्ड निकालेर नेकपा एमालेको बोर्ड राखेको थियो।नेता माधवकुमार नेपाल पक्षधर कार्यकर्ताहरुले भने मंगलबार बिहान ११ बजे कार्यकर्ता भेटघाटसहित साइनबोर्ड फेर्ने कार्यक्रम राखेका थिए।

साईन वोर्ड र झण्डा राख्ने कार्यक्रममा केन्द्रिय नेता जिल्ला स्तरका नेता,विद्यार्थि नेता,युवा नेताहरुको वाक्लो उपस्थिती रहेको थियो।